अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट १६ जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौं, महानगरपालिका-९ बत्तिसपुतलीबाट अवैध लागूऔषध गाँजा करिब ६ सय ६० ग्राम सहित सोही महानगरपालिका-८ पशुपति एरिया बस्ने सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय भक्त बहादुर तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-८ धास्की डेरा गरी बस्ने चितवन घर भएका ३२ वर्षीय सुगम मैनाली समेत ५ जनालाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ किलो २ सय १६ ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
प्रहरी प्रभाग मातातिर्थबाट खटिएको प्रहरीले सुगमको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
सिराहा, गोलबजार नगरपालिका-८ पुरानो चौहर्वाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ५६ मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने २३ वर्षीय जय कुमार नायकलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कैलाली, घोडाघोडी नगरपालिका-२ नयाँबजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित बर्दगोरीया गाउँपालिका-१ बस्ने २१ वर्षीय संजिप चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट साडेपानीबाट खटिएको प्रहरीले से.१ प ९४०७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ बोराडाँडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय बबि रानालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
बाँके, खजुरा गाउँपालिका-३ बि गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३४ वर्षीय सुमन थापा मगर समेत ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
धनुषा, जनकपुरधाम उपमहानगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय समिर कुमार साहलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई पदार्थ सहित पक्राउ गरेको हो।
कञ्चनपुर, लालझाँडी गाउँपालिका-२ कंजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ९ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय कमलेश राना र २६ वर्षीय बलराम राना रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
पर्सा, बिन्दवासिनी गाउँपालिका-४ मधवलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ३९ किलो २ सय ५० ग्राम सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ बस्ने २३ वर्षीय दिपेश तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय पोखरीया समेतबाट खटिएको प्रहरीले वीरगंजबाट भिष्वातर्फ जाँदै गरेको बा.८७ प ७८७० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
प्रकाशित: २४ श्रावण २०८३ १९:०३ आइतबार





