बनमा बाटो बिराउँदा

पहिलो पटक काठमाडौं आएको ४३ वर्ष भयो। शिवपुरीको चुचुरोमा पुगेको थिइन। त्यति अग्लो डाँडासम्म हिँड्न सक्तिन होला भनेर मन मारेर बस्ने गरेकाले त्यो रहर बाँकी नै थियो। दीपक सापकोटाले शिवपुरी जाने आग्रह गर्दा पनि आँट आएको थिएन। बीचसम्म मोटरमा जाने भने पनि मात्रै