८ कार्तिक २०८३ आइतबार
image/svg+xml
बजार

दसैंपछि खुलेको बजारमा सुनको मूल्यमा भारी गिरावट : तोलामा ११ हजार ७०० रुपैयाँ घट्यो

दसैंपछि आइतबार पहिलो पटक खुलेको बजारमा सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ९५५ रुपैयाँ रहेको छ।

यसअघि गत कार्तिक २ गते सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँ र चाँदीको मूल्य चार हजार १८५ रुपैयाँ रहेको थियो। 

यसअनुसार सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य २३० रुपैयाँ घटेको छ। यसरी दसैं बिदापछि खुलेको बजारमा दुवै धातुको मूल्यमा उल्लेख्य गिरावट देखिएको हो।

प्रकाशित: ८ कार्तिक २०८३ १०:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App