८ आश्विन २०८३ बिहीबार
image/svg+xml
धर्म/संस्कृति

हनुमानढोकामा इन्द्रध्वजोत्थान (फाेटाे फिचर)

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको ऐतिहासिक एवं सांस्कृतिक पर्व इन्द्रजात्राको सम्पूर्ण साइत सार्वजनिक गर्दै भाद्रपद शुक्ल द्वितीयाबाट सुरु हुने परम्पराअनुसार भदौ आज २८ गते आइतबार वनयात्रा र रुख कटान गरी इन्द्रजात्राको विधिवत् प्रक्रिया सुरु भएको थियो।

 

इन्द्रजात्राको लिङ्गोका लागि भक्तपुरको चित्तपोलस्थित वनबाट रुख काटेर तयार पारिएको लिङ्गोलाई असोज ३ गते शनिबार बिहान ८ः०५ बजे नगर प्रवेश गराई आज असोज ७ गते बुधबार बिहान ७ः४७ बजे हनुमानढोकामा विधिवत् रूपमा इन्द्रध्वजोत्थान गरिएको छ।

 

आजबाट  विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी ८ दिनसम्म मनाउने प्रचलन छ।

प्रकाशित: ७ आश्विन २०८३ ०९:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App