२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

‘स्पाइडर–म्यानः ब्रान्ड न्यू डे’ ले छ दिनमा कमायो १.१ बिलियन डलर

हलिउड फिल्म ‘स्पाइडर–म्यानः ब्रान्ड न्यू डे’ ले बक्स अफिसमा लगातार नयाँ कीर्तिमान बनाइरहेको छ।

यो चलचित्रले केवल छ दिनमा विश्वव्यापी रूपमा १.१ बिलियन डलर कमाएको छ। यससँगै यसले डिज्नी–पिक्सारको ‘टोय स्टोरी ५’ लाई पछाडि पार्दै सन् २०२६ को सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको छ।

यस्तै योे ‘एभेन्जर्सः एन्डगेम’ पछि पहिलो हप्तामा सबैभन्दा छिटो एक बिलियन डलर आँकडा छुने दोस्रो चलचित्र बनेको छ।

फिल्मले मंगलबार मात्रै अमेरिकामा ४ करोड २० लाख डलर कमाउँदै अहिलेसम्मकै सबैभन्दा धेरै कमाइ गर्ने रेकर्ड बनाएको छ।

अमेरिका र क्यानडामा फिल्मको पाँच दिनको कुल कमाइ ४४४.९ मिलियन डलर पुगेको छ। यसले चाँडै नै ‘टोय स्टोरी ५’ को घरेलु कमाइलाई पनि उछिन्ने अनुमान गरिएको छ।

फिल्मले दोस्रो सप्ताहन्तको कमाइमा पनि नयाँ रेकर्ड बनाउन सक्ने अनुमान गरिएको छ।

उत्तरी अमेरिकामा यस सप्ताहन्त क्रिस्टोफर नोलनको ‘द ओडिसी’ सँग आइम्याक्स स्क्रिन साझेदारी गरे पनि ‘स्पाइडर–म्यान’को दर्शक आकर्षण बलियो रहने अपेक्षा गरिएको छ।

यसैबीच ‘वान नाइट ओन्ली’, ‘सुपर ट्रूपर्स ३’ र ‘आइसक्रिम म्यान’ जस्ता नयाँ फिल्म पनि प्रदर्शनमा आउँदैछन्। तर बक्स अफिसमा ‘स्पाइडर–म्यानः ब्रान्ड न्यू डे’ कै दबदबा रहने विश्लेषकहरूको अनुमान छ।

विदेशी बजारमा मात्रै फिल्मले ९३२ मिलियन डलर कमाइसकेको छ। यो यस वर्ष कुनै पनि फिल्मले विदेशबाट गरेको सबैभन्दा ठूलो कमाइ हो।

प्रकाशित: २१ श्रावण २०८३ १४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App