२४ श्रावण २०८३ आइतबार
image/svg+xml
शिक्षा

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय

फाइल तस्बिर

नेपाल शिक्षक महासंघले भदौदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ।

शिक्षक महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठकले भदौबाट सशक्त रुपमा आन्दोलन गर्ने निर्णय गरेको हो।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षामा लगानी बढाउनुपर्ने र विद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने मुख्य माग रहेका बताए।

यस्तै, बाल कक्षा शिक्षक, विद्यालय कर्मचारी र सिकाइ अनुदानका शिक्षकहरूको तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्ताको व्यवस्था लगायतका मागहरु रहेका उनले बताए।

राहत, साबिक उच्च माध्यमिक विद्यालयका अस्थायीरकरार शिक्षक, बाल कक्षा, सिकाइ अनुदान, विशेष शिक्षा र प्राविधिक धारमा कार्यरत अस्थायी प्रकृतिका शिक्षकहरूको पेसागत सुरक्षा लगायत मागहरु रहेका छन्।

प्रकाशित: २२ श्रावण २०८३ १४:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App