कंङ्गोमा फैलिएको इवोला हालसम्मकै ठूलो प्रकोप रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। प्रकोप घोषणा भएको ११ हप्तामै १५ सय जनाको मृत्यु भएको र अहिले पनि नियन्त्रण बाहिर रहेकोले हालैसम्मको ठूलो महामारी भएको संगठनले जनाएको छ। संगठनले अगष्टको पहिलो साता भनाई सार्वजनिक गर्दै यस्तो जनाएको हो।
यस अघि भएका इबोला प्रकोपहरूमा सोही अवधिमा भएका मृत्यु र यो वर्षको ११ साताभित्र भएको मृत्युको तुलना गर्दा निकै धेरै अन्तरमा मृत्यु भएकोले सवै भन्दा ठूलो महामारी भएको जनाएको छ। संगठनको अनुृसार सन् २०१४ मा पश्चिम अफि«कामा फैलिएको बिनाशकारी इबोलावाट ११ हप्ताभित्र जम्मा दुइ सय ७९ जनाको मृत्यु भएको थियो भने यो वर्ष १५ सय जनाको मृत्यु भएको हो।
संगठनको अनुसार अगस्ट १ सम्ममा तीन हजार ६ सय ५ जनामा इबोला पुष्टि हुनुले गणतान्त्रिक कङ्गोमा हालसम्मकै ठूलो इबोला महामारी बनेको देखिन्छ। यो महामारी २०१८ को भन्दा पनि बढी भएको छ। महामारी रोकिने स्थिति समेत नरहेकोले थप चिन्ताको बिषय बनेको संगठनले जनाएको छ। पहिला पहिचान भएका संक्रमण स्थान बाहेकका नयाँ स्थानहरुमा नयाँ शंकापस्द संक्रमितहरु भेटिनुले नियन्त्रणतिर नरहेको संकेत रहेको संगठनले जनाएको छ।
संगठनको अनुसार इबोलाको संक्रमणबाट हुने जनधनको क्षति रोक्न तत्कालै अन्तराष्ट्रिय प्रतिक्रिया आवश्यक रहेको छ। परिक्षण, सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट टे«सिङमा उल्लेखनीय प्रगति भएपनि प्रयास प्रर्याप्त नभएकोले थप परिक्षण बृद्धि तथा अन्य तयारीमा ध्यान दिन आवश्यक छ।
‘एमएसएफको बुनिया इबोला उपचार केन्द्रमा भर्ना भएका ९० प्रतिशत बिरामीहरू पहिल्यै पहिचान गरिएका सम्पर्क व्यक्तिहरू थिएनन्, सम्पूर्ण इटुरी प्रान्तमा केवल ५९ प्रतिशत सम्पर्क व्यक्तिहरूलाई मात्र पहिचान गरी निगरानीमा राखिएको थियो ’ संगठनद्धारा जारी धारणामा उल्लेख छ।
समयमै शंकापस्द व्यक्तिको पहिचान, आइसोलेसन, खोजी र परिक्षणलाई तिब्र रुपमा व्यवस्थित गर्न स्थानीय समुदायसंग मिलेर गरेमा मात्र सफल प्रतिकार्य सम्भव रहेको संगठनले सुझाएको छ । ‘समुदायलाई सहभागी नगरी गरेको कार्यले धेरै संक्रमित छुट्ने जोखिम हुन्छ’संगठनले जनाएको छ।
यो प्रकोपले पहिलेदेखिनै मानवीय संकटलाई अझ गम्भीर बनाएको छ। अन्य संक्रमणजन्य रोगहरु मलेरिया, दादुरा, हैजा, कुपोषण तथा अन्य रोकथाम र उपचार गर्न सकिने रोगहरूले अझै पनि ठूलो संख्यामा बिरामी र मृत्यु निम्त्याइरहेको स्थितिमा यसको समयमै नियन्त्रणको लागि स्वास्थ्य संस्थाहरुलाई निरन्तर सहयोग आवश्यक रहेको छ।
विशेष गरी दुर्गम क्षेत्रमा पहुँच अहिले पनि ठूलो चुनौती बनेको छ। बर्षातको समयमा आवात–जावतमा कठिन हुने भएकोले स्वास्थ्य सेवा सञ्चालनमा अवरोध हुन सक्ने, स्वास्थ्य सामाग्रीको आपुर्ति सुनिश्चत गर्नु पर्ने जनाएको छ।
सीमा नाकामा लगाइने प्रतिबन्ध, स्वास्थ्यसम्बन्धी उपायहरू वा प्रशासनिक प्रक्रियाले मानवीय सहायता कर्मचारीहरूको आवागमन, बिरामीको रेफरल तथा स्वास्थ्य सामग्रीको ढुवानीमा अवरोध नपुग्ने स्पष्ट सुनिश्चितता आवश्यक छ। हालको अवस्था अझै अनिश्चित छ।
प्रकाशित: २१ श्रावण २०८३ १६:२२ बिहीबार





