१७ श्रावण २०८३ आइतबार
image/svg+xml
फोटो फिचर

राहदानी विभागमा सेवाग्राहीको भीड (तस्बिरहरु)

काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवाग्राहीको भीड लागेको छ।

दक्षिण कोरियामा रोजगारीका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) का लागि आवेदन दिने सेवाग्राहीको संख्या बढेसँगै राहदानी बनाउन आउनेको चाप बढेको हो।

सेवाग्राहीको चाप बढेपछि राहदानी विभागले आजदेखि विद्युतीय राहदानीसम्बन्धी सेवा दुई सिफ्टमा सञ्चालन गरिरहेको छ।

विभागले बुधबार सूचना जारी गरी २२ साउनसम्म पहिलो सिफ्ट बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म र दोस्रो सिफ्ट दिउँसो २ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालन गर्ने जनाएको छ।

त्यसैगरी, विभागले शनिबार र आइतबारलगायत सार्वजनिक बिदाका दिनसमेत विद्युतीय राहदानीसम्बन्धी सेवा सञ्चालन गर्ने जनाएको छ।

सरकारले अहिले सम्मकै धेरै डाटा ट्रान्सफर गरेर नयाँ प्रणालीबाट ई पासपोर्ट जारी गर्न सुरु गरेको र दैनिक १५०० पासपोर्ट छापिएको दाबी गरेपनि पासपोर्ट सेवा विभागमा भने सेवाग्राही लामो लाइनमा बस्न पर्ने बाध्यता आइपरेको छ।

प्रकाशित: १४ श्रावण २०८३ १५:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App