७ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

रास्वपाले राज्यको ढुकुटीबाट होइन ठगहरूबाट असुलेर फिर्ता बचत गरोस् : सांसद साम्पाङ

फाइल तस्बिर

प्रतिनिधिसभा सांसद हर्क साम्पाङले राज्यको ढुकुटी बाँड्नु भनेको भ्रष्टाचार गर्नु भएको बताएका छन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारीको बचत फिर्ता गर्दा राज्यको ढुकुटीबाट नभइ ठगहरूको जायजेथाबाट असुलेर फिर्ता गर्न आग्रह गरेका छन्।

'सहकारीको बचत फिर्ता गर्छु भन्ने रास्वपाले राज्यको ढुकुटीबाट होइन ठगहरूको जायजेथाबाट असुलेर फिर्ता गरोस्!' उनले सामाजिक सञ्जालमा लेख्छन्, 'राज्यको ढुकुटी बाँड्नु भनेको भ्रष्टाचार गर्नु हो! जनताले तिरेको कर बाँड्न मिल्दैन योजनाबद्ध खर्चनु पर्छ!'

प्रकाशित: ७ चैत्र २०८२ ०६:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App