१० मंसिर २०८३ बिहीबार
image/svg+xml
राजनीति

भारत भ्रमणको तस्बिर राख्दै बालेनले भने : धन्यवाद मोदीज्यू

प्रधानमन्त्री बालेन्द्र शाहले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन्।

भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा तस्बिरहरु पोस्ट गर्दै प्रधानमन्त्री मोदी र भारतका जनतालाई  धन्यवाद दिएका हुन्।

उनले लेखेका छन्,‘महामहिम प्रधानमन्त्री नरेन्द्र मोदीज्यू र भारतका जनतालाई धन्यवाद।’

यसअघि प्रधानमन्त्री मोदीले पनि फेसबुकमा शाहसँगका केही तस्बिर पोस्ट गर्दै भेट सुखद रहेको उल्लेख गरेका थिए।

उनले भारत–नेपाल मैत्री सम्बन्ध अझ उचाइमा पुग्ने उल्लेख गरेका थिए।

प्रकाशित: ७ मंसिर २०८३ १९:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App