७ आश्विन २०८३ बुधबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा बैठक बस्दै, तीन मन्त्रीले विधेयकसम्बन्धी प्रस्ताव पेश गर्ने

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ।

सिंहदरबारमा बिहान ११ः०० बजेका लागि तय भएको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाइनेछ।

बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यस्तै, अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव र ‘भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

प्रकाशित: ७ आश्विन २०८३ ०६:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App