५ आश्विन २०८३ सोमबार
image/svg+xml
राजनीति

‘सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक’ राष्ट्रिय सभाबाट पारित

राष्ट्रिय सभाले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ सर्वसम्मतिले पारित गरेको छ।

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले सभामा प्रस्तुत गरेको उक्त विधेयक आइतबारको बैठकबाट सर्वसम्मत रूपमा पारित भएको हो।

विधेयकले पशु तथा माछाजन्य सङ्क्रामक रोगको रोकथाम, नियन्त्रण, निवारण तथा उन्मूलन गर्ने लक्ष्य लिएको छ। यसबाट पशु स्वास्थ्यको रक्षा हुनुका साथै मानव जनस्वास्थ्य र वातावरणीय स्वास्थ्य संरक्षणमा समेत महत्त्वपूर्ण योगदान पुग्नेछ।

नयाँ कानुन निर्माण भएसँगै सङ्क्रामक पशु रोगबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि तीनै तह सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय हुनेछ।

यसका साथै पशु तथा पशुजन्य पदार्थको सुरक्षित ओसारपसार एवं गुणस्तरीय व्यापार प्रवर्द्धनका लागि आवश्यक कानुनी आधारसमेत यस विधेयकले तयार गर्नेछ।

प्रकाशित: ५ आश्विन २०८३ १६:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App