कर्णाली प्रदेश सरकार गठनका लागि नेकपा संसदीय दलका नेता मंगलबहादुर शाहीले मुख्यमन्त्री पदमा दाबी पेस गरेका छन्।
शाहीले एमालेको समर्थनमा प्रदेश प्रमुखसमक्ष संविधानको धारा १६८९२० बमोजिम दाबी पेस गरेका हुन्। दाबीसँगै २४ जना प्रदेशसभा सदस्यको हस्ताक्षर पनि बुझाइएको छ।
नेकपाका १४ र एमालेका १० सांसदको समर्थनपछि शाहीले बहुमतसहित सरकार गठनको दाबी गरेका हुन्। यसअघि मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दाबी आह्वान गरेका थिए।
प्रकाशित: १२ श्रावण २०८३ १७:४२ मंगलबार



-600x400.jpg)

