२४ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

हामीले व्यक्तिलाई राजा बनाउन संघर्ष गरेको होइन: धवल शम्शेर

जय नेपाल पार्टीका अध्यक्ष धवल शम्शेरले आफूहरूको आन्दोलन र संघर्ष कुनै व्यक्ति विशेषलाई राजा बनाउनका लागि नभई राजसंस्था नामक संस्था पुनर्स्थापनाका लागि भएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष शम्शेरले ज्ञानेन्द्र शाहलाई प्रत्यक्ष राजनीतिमा उतार्ने आफूहरूको कुनै योजना नरहेको दाबी गरे।

‘हामीले व्यक्तिलाई राजा बनाउन होइन, राजसंस्था ल्याउन संघर्ष गरेका हौं,’ उनले भने, ‘प्रतिनिधित्व गर्ने व्यक्ति समय अनुसार फेरिन सक्छन्, तर संस्था स्थायी हुन्छ। देश चलाउने र राजनीति गर्ने काम नेपालीका छोराछोरीको हो, राजाले राजनीति गर्ने होइन। राजालाई राजनीतिमा कदापि ल्याइँदैन।’

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव गराउन नसकेपछि राजालाई सत्ता हस्तान्तरण गरेको प्रसङ्ग उल्लेख गर्दै उनले राजालाई पुनः दलीय राजनीतिमा तानेर विवादमा ल्याउने पक्षमा आफूहरू नरहेको बताए।

प्रकाशित: २३ श्रावण २०८३ १६:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App