५ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

झापामा शव भेटियाे

दमकका युवा व्यवसायी तथा सामाजिक अगुवा रुपनारायण न्यौपाने मृत भेटिएका छन्। पचास वर्षीय न्यौपानेको आज बिहान गौरीगञ्ज गाउँपालिका-१ स्थित कुन्जीबारीमा शव भेटिएको हो। दमकदेखि करिब ३० किलोमिटर दक्षिण कुन्जीबारीमा हिजो खेती हेर्न गएका उनी मृतावस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालयले शवको कानुनी मचुल्का उठाएर शव परीक्षणका लागि परिवारलाई जिम्मा दिएको जनाइएको छ। दमकमा लामो समयदेखि व्यावसायिक क्षेत्रमा क्रियाशील न्यौपाने सहकारीकर्मी र सामाजिक कार्यमा सक्रिय थिए।

कमलस्थित कमलनगर जेसीजका संस्थापक अध्यक्ष न्यौपाने दमकमा इलेक्ट्रोनिक व्यवसाय सञ्चालन गदै आएका थिए। मृतक न्यौपानेका श्रीमती र दुई छोराका साथ दमक ६ स्थित देवकोटा चौकमा बस्दै आएका थिए।

प्रकाशित: ५ चैत्र २०८२ १३:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App