९ मंसिर २०८३ बुधबार
image/svg+xml
समाज

नेपाल प्रहरीका ६० एसपीको सरुवा, १३ जिल्लामा नयाँ प्रहरी प्रमुख

नेपाल प्रहरीका ६० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ। सरुवासँगै १३ जिल्लाका प्रहरी प्रमुख परिवर्तन भएका छन्।

यसअघि काजमा खटिएका चार जना एसपीको दरबन्दीसमेत उनीहरू कार्यरत रहेकै जिल्लामा कायम गरिएको छ।

सरुवाअनुसार बारामा कुमारविक्रम थापा, मोरङमा दिलीपकुमार गिरी, उदयपुरमा धर्मराज भण्डारी र तनहुँमा नरेशराज सुवेदीले प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन्।

त्यसैगरी बाँकेमा नवराज मल्ल, पूर्वी नवलपरासीमा निर्मल बुढाथोकी, बर्दियामा बालनरसिंह राणा, धादिङमा भरत लामा र कास्कीमा मोहनबहादुर खाण खटिएका छन्।

यस्तै कैलालीमा यादव ढकाल, पाल्पामा रविन श्रेष्ठ, भक्तपुरमा रुकेश तण्डुकार र दाङमा श्यामु अर्यालको सरुवा भएको छ।

यसअघि काजमा खटिएका चार एसपीको दरबन्दी पनि सम्बन्धित जिल्लामै कायम गरिएको छ। सिन्धुपाल्चोकमा नीरञ्जनदत्त भट्ट, सुनसरीमा पुष्पराज मल्ल, सप्तरीमा रुपक खड्का र पर्सामा पवनकुमार भट्टराईको दरबन्दी सोही जिल्लामा कायम भएको हो।

हेर्नुहोस् सूची :

 

प्रकाशित: ९ मंसिर २०८३ ०८:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App