५ चैत्र २०८२ बिहीबार
image/svg+xml
खेल

उसु खेल्न ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली चीन जाने

दसौँ विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार चीन जाने भएको छ। 

यही चैत ९ देखि १७ गतेसम्म हुने प्रतियोगितामा रश्मी तामाङ, गिरिस पौडेल, ल्हाक्पा डोल्मा लामा, सारा तामाङ, सम्राट थापा र छिरिङ शेर्पाले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। प्रतियोगिता सेनेगलमा हुने डकार युथ ओलम्पिकको छनोटका रुपमा समेत रहेको छ।

प्रशिक्षकमा लानम लामा र जङ्गबहादुर तामाङ तथा निर्णायकमा मञ्जुर महर्जन र गोविन्दबहादुर शाही रहेका छन्। टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य-सचिव रामचरित्र मेहता र राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईले आज (बिहीबार) बिदाइ गरे। 

प्रकाशित: ५ चैत्र २०८२ १८:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App