१० चैत्र २०८२ मंगलबार
image/svg+xml
खेल

पाकिस्तानबाट दीपेन्द्रको आग्रह: पिएसएलको उपाधि जितोस भनेर शुभकामना दिनुहोस्

नेपाली राष्ट्रिय टोलीका अलराउन्ड दीपेन्द्र सिंह ऐरीले नेपाली समर्थकलाई आफनो टोलीले उपाधि जितोस् भनेर शुभकामना दिन आग्रह गरेका छन्।  

दीपेन्द्रले इस्लाबाद यूनाईटेडको आधिकारी फेसबुक पेजले सार्वजनिक गरेको एउटा भिडियो मार्फत सो आग्रह गरेका हुन्। उनले इस्लाबाद यूनाईटेडमा रहेर पाकिस्तान सुपर लिग (पिएसएल )खेल्दैछन्।  

पिएसएल आउँदो बिहीबार सुरु हुँदैछ। दीपेन्द्र आबद्ध रहेको टोलीले शनिबार खेल्दै प्रतियोगिताको सुरुवात गर्नछ। "म पिएसएल खेल्न पाकिस्तान आइपुगिसकेको छु, बुधबारदेखि हाम्रो अभ्यास हुँदैछ" उनले भने "हाम्रो टाेलीलाई शुभकामना दिनुहोला हामीले राम्रो खेल खेलेर उपाधि जितोस भनेर।"

उनी इस्लाबादमा नेपाली ३१ लाख रुपैँयमा अनुबन्ध भएका हुन्।

प्रकाशित: १० चैत्र २०८२ १७:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App