९ चैत्र २०८२ सोमबार
image/svg+xml
अपराध

सिकार खेल्न निकुञ्ज छिरेका युवकको शव फेला, ५ जना साथीहरू भारततिर फरार

दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा बेपत्ता भएका एक युवकको शव फेला परेको छ।

निकुञ्जको बबई उपत्यका रातामाटे क्षेत्रमा सुर्खेत बराहताल गाउँपालिका-२ रानीपुरका ३३ वर्षीय टोपबहादुर खत्रीको शव फेलापरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख सुधीरराज शाहीले बताए।

सिकार खेल्न गएका अन्य पाँच जना भने बर्दिया हुँदै भारततर्फ फरार भएको प्रहरीले जनाएको छ। फरार हुनेहरूमा बराहताल गाउँपालिका-१ ज्यामिरेका रेशम सम्सेली, रविलाल दमाई, रामबहादुर घर्ती, सुनिल सम्सेली, दुर्गाबहादुर सिंजाली रहेको प्रहरी प्रमुख शाहीले जानकारी दिए। 

उनका अनुसार बर्दियास्थित इलाका प्रहरी कार्यालय बगनाहाको सहयोगमा घटनाबारे थप अनुसन्धान भइरहेको छ। रासस

प्रकाशित: ९ चैत्र २०८२ २२:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App