धरान उपमहानगरपालिका-८ स्थित सेउती पुलबाट करिब ४९९ किलोग्राम अवैध लागूऔषध गाँजाजस्तो देखिने पदार्थसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका-१३ बस्ने ३२ वर्षीय अजयकुमार साह छन्। उनलाई शनिबार राति प्रहरीले नियन्त्रणमा लिएको हो।
वडा प्रहरी कार्यालय धरानसमेतबाट खटिएको प्रहरी टोलीले बीआर ११ वाई ३०३९ नम्बरको स्कारपियो जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारेपछि चालक साहलाई पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: ६ मंसिर २०८३ १९:३६ आइतबार



-600x400.jpg)

