प्रहरीले भरूवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरीले मकवानपुरको बागमती गाउँपालिका–९ बेतिनीका ५७ वर्षीय सन्तकुमार प्रजापतिलाई एक थान भरूवा बन्दुकसहित शनिबार राति पक्राउ गरेको हो।
निजको घरमा भरूवा बन्दुक लुकाइछिपाइ राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक फेला पारी प्रजापतिलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: ८ चैत्र २०८२ १३:३१ आइतबार





-600x400.jpg)