८ आश्विन २०८३ बिहीबार
image/svg+xml
बजार

३२ सयले घट्यो सुन, चाँदी पनि सस्तियो

नेपाली सुनचाँदी बजारमा बिहीबार सुन र चाँदी दुबैको मूल्य घटेको छ।

आज सुन प्रतितोला तीन हजार दुई सय रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यससँगै बिहीबार सुन प्रतितोला दुई लाख ९९ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला तीन लाख दुई हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ६५ रूपैयाँले घटेर प्रतितोला चार हजार ६ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: ८ आश्विन २०८३ ११:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App