९ मंसिर २०८३ बुधबार
image/svg+xml
कर्पोरेट

हायात प्लेस बुटवलको पहिलो वार्षिकोत्सव

हायात प्लेस बुटवलले सञ्चालनको पहिलो वर्ष पूरा गरेको छ।

सन् २०२५ मा सेवा सुरु गरेको होटलले पहिलो वार्षिकोत्सव मनाउँदै एक वर्षमा पर्यटन, व्यावसायिक कार्यक्रम र सामाजिक गतिविधिमा आफ्नो उपस्थिति विस्तार गरेको जनाएको छ। होटलले यस अवधिमा विवाह, सम्मेलन, उत्सव तथा सामाजिक जमघटका कार्यक्रम आयोजना गरेको छ। नयाँ वर्ष उत्सव, बबल बास र नेपाली नयाँ वर्ष विशेष कार्यक्रममार्फत स्थानीय समुदायसँगको सम्बन्ध विस्तार गरेको होटलले जनाएको छ।

पहिलो वर्षमै होटलले ग्लोबल टुरिजम एक्सिलेन्स अवार्ड २०२६, एचसिबिए नेपालको उत्कृष्ट होटल २०२६ र उत्कृष्ट गन्तव्य विवाह स्थल २०२६ को अवार्ड प्राप्त गरेको छ। होटलका महाप्रबन्धक तुसार नागरले एचसिबिए नेपालको उत्कृष्ट महाप्रबन्धक २०२६ को सम्मानसमेत पाएका छन्। साफ्रोन सिके प्रालिको स्वामित्वमा रहेको होटलले लुम्बिनी भ्रमणमा आउने पर्यटकसहित स्वदेशी तथा विदेशी पाहुनालाई सेवा दिँदै आएको छ।

होटलका प्रमुख कार्यकारी अधिकृत नितेश मालपानीले ग्राहक तथा स्थानीय समुदायबाट प्राप्त विश्वास र सहयोगले आगामी दिनमा सेवा विस्तार गर्न प्रेरणा मिलेको बताए। होटलले दोस्रो वर्षमा पनि पश्चिम नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रको विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

प्रकाशित: ९ मंसिर २०८३ १३:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App