७ कार्तिक २०८३ शनिबार
image/svg+xml
धर्म/संस्कृति

शनिबार एकैदिन ४ हजार ३ सय बढीले गरे पाथीभरा दर्शन

ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरा मन्दिरमा शनिबार एकैदिन ४ हजार ३ सयभन्दा बढी दर्शनार्थीले पूजाआराधना गरेका छन्।

चालु आर्थिक वर्ष सुरु भएयता एकैदिन यति ठूलो संख्यामा भक्तजन पाथीभरा पुगेको यो पहिलो पटक हो। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार शनिबार मात्रै ४ हजार ३ सय ७ जनाले पाथीभरा मन्दिरको दर्शन गरेका छन्।

यसअघि शुक्रबार १ हजार ७ सय ७९ जना भक्तजनले मन्दिरको दर्शन गरेको समितिका सूचना प्रविधि अधिकृत सन्तोष पुर्कुटीले जानकारी दिए।

यस वर्ष मलमास परेका कारण नवरात्रको समयमा पाथीभरामा दर्शनार्थीको उपस्थिति अपेक्षाकृत रूपमा न्यून थियो। दसैंलगत्तै मौसम सफा भएपछि अहिले मन्दिरमा भक्तजनको संख्या ह्वात्तै बढेको समितिले जनाएको छ।

समितिको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल २० हजार ५ सय २२ जना दर्शनार्थीले पाथीभराको दर्शन गरिसकेका छन्।

प्रकाशित: ७ कार्तिक २०८३ १८:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App