२६ वैशाख २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

धोकेवाज आँखा

लघुकथा

बाटामा पैदल थिएँ। अर्थात पेटी छेउछाउ हिँड्दै थिएँ। छेउ किनाराबाट हिँड्दै गर्दा करिब चार वर्षको बच्चाले बाबा भनेर हात पक्रिएँ। म छक्क परें।

मैले यति भनें, 'हेल्लो बाबू।'

उनको मामुले हात तानेर आफू निकट तानिन्।

मेरो सवारी साधन थियो बाटो किनारामा। उनको मामु मलाई हेर्दै थिइन्। म भने लाजले मुन्टो निहुराएर आफ्नो सवारी साधन स्टार्ट गर्नतर्फ लागें। त्योबेला एउटा आँखाले भ्यायो, एउटा कानले सुन्यो। ती महिलाले आफ्नो बच्चालाई एउटा हातले गालामा हिर्काउँदै थिइन्। औंलोले त्यो निर्दोष बोलीको मुख बन्द गर्दै थिइन् र घचड्दै भन्दै थिइन्, 'तेरो बाबा हो?'

बिचरो त्यो बच्चाले के जवाफ फर्काउँला भन्न सकेन। त्यो बच्चाले, 'मामु मेरो आँखाले धोका खायो!'  

प्रकाशित: २६ वैशाख २०८३ १२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App