२६ वैशाख २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

जीवनले केके सिकायो!

कविता

जीवनले केके सिकायो!

धेरै उतारचढाव मेरो जीवनको एक हिस्सा बन्यो।

कहिले खुसीको लहर त कहिले आँसुको किस्सा बनायो।

हारमा पनि  कहि न कहि मेरो  जित्ने एउटा नयाँ बाटो बनायो।

हरेक ठेसले मलाई थप बलियो र साहसी बनायो।

उकालीमा सास फेर्न गाह्रो त पक्कै भयो।

तर ओरालीले जीवनको वास्तविक लय सिकायो।

आज म जे छु, ती सारा अनुभवहरूकै जगमा छु।

हरेक मोडले मेरो जीबन कथाको एक नयाँ पाना बनायो।

कहिले प्रेममा मन्त्रमुग्ध रमाउन सिकायो

कहिले बिछोडको पीडालाई सहन सिकायो।

अचम्मको छ यो जिन्दगीको पाठशाला पनि।

हाँस्दा हाँस्दै भित्रभित्रै रुन सिकायो।

मिठा मिठा यादहरूलाई मुटुमा सजाउन सिकायो।

कहिले काही रित्तो हात भए पनि बाँच्न सिकायो

हरेक मोडमा नयाँ अनुभवका रङ्गहरू भर्दै,

आफैँलाई थोरै थोरै गुमाउदै ,पुन ,पाउन सिकायो।

आँखाबाट झरेका पीडाका आँसुलाई,

ओठका मधुर हाँसोले मलम लगाउन सिकायो।

नमिठा ती अतितका यादहरूलाई,

भविष्यको सुन्दर सपनाले सजाउन सिकायो।

ठोक्कर लागेर लड्नु त एउटा बहाना थियो,

समयले अझै बलियो बनाएर फेरि उठेर अघि बढ्न सिकायो।

मनभित्र गुम्सिएका ती गह्रौँ ,हजारौ व्यथाहरूलाई,

मुस्कानको छहारीमा लुकाउन सिकायो।

दुःख र सुख जीवन रहेछन् यी सबै आफ्नै त रहेछन् भनी हाँसेर अगाडि बढ्न सिकायो।

प्रकाशित: २६ वैशाख २०८३ ०९:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App