दलीय किचलो र भावी कार्यदिशा
जब पार्टीको नेतृत्वले समकालीन, समकक्षी वा दोस्रो तहका नेता–कार्यकर्तालाई विश्वासमा लिन छोड्छ र शक्तिलाई केही सीमित व्यक्तिको मुट्ठीमा केन्द्रित गर्छ, तब दलभित्र आशंका र असन्तोषको बीजारोपण हुन्छ।

जब पार्टीको नेतृत्वले समकालीन, समकक्षी वा दोस्रो तहका नेता–कार्यकर्तालाई विश्वासमा लिन छोड्छ र शक्तिलाई केही सीमित व्यक्तिको मुट्ठीमा केन्द्रित गर्छ, तब दलभित्र आशंका र असन्तोषको बीजारोपण हुन्छ।
पृथ्वीनारायण शाहको दिव्योपदेशमा उल्लेख गरिएका दृष्टिकोण र अपनाइएका रणनीतिहरू फ्रान्सको सैन्य रणनीतिकार तथा राजनीतिज्ञ नेपोलियन तथा सैनिक सिद्धान्तकार कार्ल भोन क्लाउ सेउइट्स, दोस्रो युद्धताका मरुभूमिको फ्याउरो (डिजर्ट फक्स)का नामले चर्चित इखिन रोमेल वा अमेरिकी व्यापारी जोन डि रकफेलर जस्ता रणनीतिकार जत्तिकै देखिन्छन्। दुःखको कुरा उनका बारेमा विश्वका समकालीन रणनीतिक चिन्तकका झैं लेखिएन, विश्लेषण गरिएन।
नेपाली नीति निर्माताहरूले सार्वजनिक नीतिको सैद्धान्तिक र व्यावहारिक पक्षहरूलाई राम्रोसँग आत्मसात गर्न नसकेको पाइयो। यसको ज्वलन्त उदाहरण त सार्वजनिक नीति बनाउँदा अपनाएको विधि–प्रक्रिया र समावेश गरिएका विषयवस्तुबीचको तादात्म्यताको अभाव हो।
अहिलेको ‘बिस्तारै बिर्सिँदै जान्छन्, खोतल्नु हुन्न’ भन्ने मनोविज्ञान बाट निर्देशित भइ संक्रमण कालीन न्याय सम्बोधन गर्ने रणनीति लिने हो भने यसले भविष्यमा निर्णय कर्ताहरूलाई धोका दिन सक्छ।
कार्यक्रममा आउँदा बिनातयारी, के विषय रे भन्दै आयोजकलाई सोध्दै भाषण गर्न थाल्ने, घोचपेच, छेडछाड र आलोचना तथा गालीलाई आफ्नो भाषणको अंग नै बनाउने जस्ता नेपालका सार्वजनिक कार्यक्रमका साझा चरित्र नै भएका छन्।
अहिले चाहे कांग्रेस पार्टीभित्र होस् या नेकपा (एमाले) भित्र या संघीय समाजवादी पार्टीभित्र देखिएका या माओवादी केन्द्र र एमालेबीचको द्वन्द्व, यी सबै समाधान हुने सवालका द्वन्द्व हुन् र जीत–जीतकै परिणामसहित समाधान हुनेखालका छन्।
ख्याति प्राप्त विद्वान् नोम चोम्स्की, इडवार्ड हर्मन्स्, रुथ वेकर्ली, फेडरिक गोरेउले त अमेरिका नै विश्वमा आतंकवाद उत्पादन गर्ने प्रमुख देशमध्ये भएकोबारे थुप्रै लेख र पुस्तक नै लेखेका छन्।
विश्वविद्यालयले दश वर्षमा देश विकासमा कृषि क्षेत्रले अनुसन्धान र जनशक्ति विकासबाट गर्न सक्ने योगदानबारे आफ्नो दूरदृष्टिकोण, रणनीति र कार्यनीति प्रस्तुत गर्नुपर्ने थियो। तर यो त गरेन नै, बरु विवाद र द्वन्द्वबाट झन् झन् रुग्ण हुँदै गयो।
द्वन्द्वोत्तर देशहरूमा दिगो शान्ति स्थापना गर्ने पूर्वसर्तमध्ये शान्ति–सुरक्षा कायम गर्नु पनि प्रमुख एक हो । यसका लागि प्रहरीको भूमिका महŒवपूर्ण हुन्छ । तर संसारभरका द्वन्द्वोत्तर देशका अनुभवको निचोड के हो भने अपराध नियन्त्रणका लागि शान्ति–सुरक्षा सुदृढ गर्न प्रहरी सेवा प्रभावकारी, यावसायिक र नागरिकका नजरमा विश्वसनीय बनाउनु अपरिहार्य तर निकै कठिन हुने रहेछ ।
परिवेशः १० वर्ष सशस्त्र द्वन्द्व र अर्को १० वर्ष तरल संक्रमणकाल पारगरी नेपाल अहिले आर्थिक समृद्धि र राजनीतिक स्थायित्वको दिशामा अगाडि बढ्दै गरेको समयमा फेरि राजनीतिक परिवर्तन संस्थागत हुन नसक्ने पो हो कि भन्ने आशंका र चिन्ता प्रकट हुन थालेका छन्।यही परिवेशमा मैले जटिल राजनीतिक रूपान्तरणबाट गुज्रेका केही द्वन्द्वोत्तर देशको अध्ययन संश्लेषणका आधारमा नेपालको वर्तमान अवस्था यहाँ विश्लेषण गरेको छु।
विकासमा फड्को मारेकाले रुवाण्डालाई अचेल ‘अफ्रिकाको सिंङ्गापुर’ भनिन्छ। त्यहाँका राष्ट्रपति भ्रष्टाचार बिरुद्ध कडाईका साथ उभिएकाले रुवाण्डामा भ्रष्टाचार कम भएको देखिन्छ। अफ्रिकी महादेशमै शान्ति सुरक्षामा रुवाण्डा इजिप्ट पछि दोश्रो सुरक्षित देशमा पर्दछ।
हालै सम्पन्न परराष्ट्र मन्त्रीको अमेरिका भ्रमणमा दुई देशमा परराष्ट्रमन्त्रीबीच भएका छलफलमा उठेको इन्डो–प्यासिफिक सवाल रयस सम्बन्धमा दुई देशले जारी गरेका आधिकारिक वक्तव्यहरूपछि नेपालमा योबारेमा चर्को बहस र विवाद सुरु भएको छ। एउटा धारले ‘दश वर्ष आन्तरिक द्वन्द्वमा रुमलिएको हाम्रो देश फेरि अमेरिकी रणनीतिक पासोमा परी लामो समयसम्म बाहिरी शक्तिको रणभूमि बन्ने भो’ भन्ने सम्मको अनुमान गर्न थालेको देखिन्छ भने अर्को धार भ्रमणपछि नेपाल–अमेरिका सम्बन्ध थप उचाइमा पुगेको तर्क गरिरहेको छ।
हालै नेपाल सरकारले विसं २०७३ मा बनेको राष्ट्रिय सुरक्षा नीति परिमार्जनका लागि उच्चस्तरीय परामर्श समिति गठन गरी तीन महिनाभित्र प्रतिवेदन तयार गर्न लागेको सन्दर्भमा म आफू पनि द्वन्द्व, शान्ति, र सुरक्षा क्षेत्रमा अध्ययन–अनुसन्धान गरिरहेको नागरिकको हैसियतले उक्त समितिको कामलाई सहयोग पुगोस् भनी परिमार्जित राष्ट्रिय सुरक्षा नीतिले समेट्नुपर्नेमध्ये केही सवाल यहा“ प्रस्तुत गरेको छु।
आज सेप्टेम्बर २१ अर्थात् विश्व शान्ति दिवस। यो दिवस संयुक्त राष्ट्र संघको महासभाले सन् १९८१ मा पास गरी सन् १९८२ देखि संसारभर मनाउन थालिएको हो। यस वर्ष “शान्तिको अधिकार : मानव अधिकारको विश्वव्यापी घोषणा भएको ७० औँ वर्ष” भन्ने विषयसहित संसार भर मनाइँदै छ।
