२६ वैशाख २०८३ शनिबार
image/svg+xml
नागरिक संवाददाता


नागरिक संवाददाताका लेखहरु :

विश्व बैंकको सहयोगमा सडक बन्दै

विकास साझेदार विश्व बैंकको आर्थिक सहयोगमा पोखरा क्षेत्रमा निर्माणाधिन परियोजनाको स्थलगत निरिक्षण गरिएको छ। नगरप्रमुख धनराज आचार्य सहित विश्व बैंकका भाइस प्रेसिडेन्ट एंव चिफ रिस्क अफिसर डेनिस म्याकलघलिन नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरेको हो।

दीगो पर्यटनमा काम गर्न चिनियाँसँग परिषद्को सम्झौंता

पर्यटनमा दीगो विकास गर्ने, जलवायु परिवर्तनले निम्त्याएको समस्यासँग जुध्ने, कार्वन उत्सर्जन कम गर्ने उपाय लगायतमा सहकार्य गर्नेगरि पोखरा पर्यटन परिषद् (पिटिसी) र चीनको सांक्षी कार्वन न्यूट्रालिटी प्रविधि विकास संघले सम्झौता गरेका छन्।

विश्व बैंकको ३४ करोड लगानीमा बन्यो शिशुवा–खुदीखोला सडक

शिशुवा शिसाघाटसम्म सडक खण्ड अन्तर्गतको पोखरा महानगरपालिका–३० शिशुवा–खुदीखोला सडक निर्मांण पुरा भएको छ।

प्रहरीको ‘स्वीप अपरेसन’ बाट १ सय २२ जना पक्राउ

लागु औषध विक्रीवितरण र सेवन गर्ने, समाजमा अशान्ति फैलाउने, टोले गुण्डाको रुपमा सर्वसाधारणलाई धम्की दिँदै हिड्ने र गुण्डागर्दी गर्ने व्यक्ति नियन्त्रण गर्नका लागि कास्की प्रहरीले झन्डै १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ। स्वीप अरपेसन चलाएर १ सय २२ जनालाई कास्कीका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको कास्की प्रहरीले बताएको छ।

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीच सम्बन्ध नवीकरण

मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको तोगा सिटीबीच विगतमा स्थापित मितेरी सम्बन्धलाई दुईदशकपछि पुनः सक्रिय बनाइएको छ।

हेम्जाको ५ सय ९० हेक्टर क्षेत्रफलमा आलु खेती

तरकारी उत्पादनका लागि ख्याती कमाएको पोखराको हेम्जामा शुक्रबारदेखि आलु महोत्सव हुँदैछ। यो महोत्सव १४ औं संस्करण हो। महोत्सव वैशाख ५ सम्म संचालन हुनेछ।

संसद सत्यको आवाज सुन्ने थलो बनोस् : सांसद युवराज दुलाल

नेकपाका सांसद युवराज दुलालले संसदलाई गफ गर्ने थलो मात्र नभई कानून निर्माण गर्ने महत्वपूर्ण ऐतिहासिक संस्था भएको बताएका छन् ।

वाटरफ्रन्टका संचालक शाक्यको प्रश्नः हामीमाथि कठोर प्रहार किन?

सरकारले फेवातालको मापदण्डभित्रका संरचना भत्काउने क्रममा शनिबार वाटरफ्रन्ट होटलको केही संरचना पनि हटाएको थियो। होटलका संरचना हटाएपछि होटलका लगानीकर्ता कर्ण शाक्यले आपत्ति जनाएका छन्।

गृहमन्त्री गुरुङको जग्गा पनि तालघरभित्रै

फेवातालको ६५ मिटर मापदण्डभित्र गृहमन्त्री सुदन गुरुङको जग्गा पनि परेको छ। पोखरा महनगरपालिकाका मेयर धनराज आचार्यले गृहमन्त्री गुरुङको जग्गा तालघरभित्र परेको जानकारी दिए।

पोखराका होटलः आन्तरिक पाहुनालाई २५ प्रतिशत छुट

नेपाली नयाँवर्षका अवसरमा पोखरा आउने आन्तरिक पाहुनालाई यहाँका होटल व्यावसायीले २५ प्रतिशत छुट दिने भएका छन्। आन्तरिक पाहुनालाई आकर्षिक गर्न होटलले प्रकाशित गरेको दररेटमा छुट दिने घोषणा व्यावसायीले गरेका हुन्।

सडकमै गणित सिकाउँदै विद्यार्थी

अन्तर्राष्ट्रिय गणित दिवसको अवसरमा पोखरामा ‘म्याथम्याटिक्स इन द स्ट्रीट’ कार्यक्रम आयोजना गरिएको छ। गणितज्ञ निकोलस सान्तोषको परिकल्पना अनुसार नेपाल गणित समाज गण्डकी प्रदेशको आयोजनामा कार्यक्रम गरिएको हो।

गोरखामा ३० प्रतिशत मत खस्यो

गण्डकी प्रदेशको गोरखा जिल्लामा हालसम्म २८ प्रतिशत मत खसेको छ। विहान ७ बजेदेखि शुरु भएको सो जिल्लामा दिउँसो साढे २ बजेसम्म ३० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ।

अटोवेजले भित्र्यायो यूरो–मापदण्डका गाडी

पोखराको अटोवेज प्रालिले यूरो–६ मापदण्डको भोल्भो आइसर बि–६ लक्जरी बस भित्र्याएको छ।

बेनी–नयाँदिल्ली सिधा बस सेवा सुरु

म्याग्दीको बेनीबाट भारतको नयाँदिल्लीसम्म सिधा बस सेवा सुरु भएको छ। बेनी नगरपालिका–८, कालिपुल बसपार्कबाट हरेक दिन बस सेवा संचालन हुनेछ।

पोखरामा आइतबारदेखि प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिता हुने

पोखरामा आगामि आइतबारदेखि प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता हुने भएको छ। पालिखेचोकस्थित प्रतिभा माविको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा हुने अन्तर माध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता प्रतिभा सुपर लिग हुन लागेको विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्