१६ श्रावण २०८३ शनिबार
image/svg+xml
स्वास्थ्य

मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालनबारे छलफल

प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालन गर्ने विषयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग छलफल गरेको बताएकी छन्।  

सांसद रानामगरका अनुसार मन्त्रीद्वयसँग हालै मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालन, अस्पतालको पुरानो भवन मर्मत तथा स्तरोन्नति, दाह उपचार (बर्न) विभाग स्थापना, सेवा प्रवाहलाई थप प्रभावकारी र गुणस्तरीय बनाउने तथा आवश्यक स्वास्थ्य पूर्वाधार विस्तारबारे विचारविमर्श भएको हो। 

छलफलमा झापा क्षेत्र नं २ अन्तर्गतका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र तथा अन्य स्वास्थ्य संस्थाको पूर्वाधार विकास, सेवा विस्तार र गुणस्तर सुधारका लागि सङ्घीय सरकार, शिक्षा तथा खेलकुद मन्त्रालय तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबीच आवश्यक समन्वय र सहकार्यलाई प्रभावकारी बनाउनेबारेमा पनि छलफल भएको उनले बताइन्।

भद्रपुर नगरपालिका–८ मा स्थित २०० शय्याको मेची प्रादेशिक अस्पताल २०१५ सालमा स्थापना भएको हो।

प्रकाशित: १६ श्रावण २०८३ ११:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App