प्रहरीले क्यासिनो अन्नामा छापा मार्दा नेपाली जुवाडे भेटिएपछि विष्टलाई शुक्रबार पक्राउ गरेको थियो। महानगरीय प्रहरी प्रभाग दरबारमार्गले उनलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको थियो। परिसरले तीव्र गतिमा अनुसन्धान सकाएर आइतबारै विष्टलाई अदालत बुझाएको थियो।
आइतबार बयान र अन्य प्रक्रिया नसकिएपछि प्रहरी हिरासतमै फर्काएइका विष्ट सोमबार धरौटीमा छुटे। प्रहरीको हिरासतमा रहँदा प्रहरी परिसरका अधिकारीले उनलाई प्रहरी कर्मचारी बस्ने कोठा उपलब्ध गराएका थिए।
प्रकाशित: १६ वैशाख २०७० २०:५० सोमबार





