८ मंसिर २०८३ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक : यस्ता छन् छलफलका ६ एजेन्डा

फाइल तस्बिर

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको आगामी कार्ययोजना, विपद्पछिको पुनर्निर्माण, सुकुम्बासी व्यवस्थापन र स्थानीय निर्वाचनका विषयमा छलफल हुने भएको छ।

सभापति गगनकुमार थापाको अध्यक्षतामा ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा मंगलबार बसेको बैठकमा महामन्त्री प्रदीप पौडेलले ६ वटा एजेन्डा प्रस्तुत गरेका थिए।

बैठकको सुरुवातमा सभापति थापाले समसामयिक राजनीतिक विषयमा विशेष सम्बोधन गरेका थिए।

बैठकमा पार्टीको आगामी कार्यभार र ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने विषयलाई पहिलो एजेन्डाका रूपमा राखिएको छ।

त्यस्तै, भोटेकोशी र बूढीगण्डकीमा आएको विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणबारे छलफल गर्ने कार्यसूची छ। विस्थापित सुकुम्बासीको व्यवस्थापन र नागरिक सरोकारका विषय पनि बैठकको एजेन्डामा समेटिएका छन्।

यसैगरी, सरकारले पछिल्लो समय गरेका गतिविधिको समीक्षा र आगामी स्थानीय निर्वाचनबारे प्रारम्भिक छलफल गर्ने तयारी कांग्रेसले गरेको छ।

बैठकमा विविध विषयमा समेत छलफल हुने पार्टीले जनाएको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको अर्को बैठक बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।

May be an image of text

प्रकाशित: ८ मंसिर २०८३ १९:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App