राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद मनिष झाले बाढीपीडितहरू विभिन्न ठाउँका शिविरमा बसिरहेका बेला महिला र बालबालिका त्यति सुरक्षित नरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार संसदमा बोल्दै उनले यस्तो बताएका हुन्। सो अवसरमा उनले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रतिबद्धताअनुसार अहिले काम भइरहेको भन्दै आभार व्यक्त गरे। साथै, अहिले निर्माण कार्यमा सरकारले देखाएको तदारुकताप्रति पनि उनले धन्यवाद दिए।
प्रकाशित: ७ आश्विन २०८३ १२:०० बुधबार





