गृहमन्त्री सुधन गुरुङ र हिन्दु सम्राट सेनाबीच अढाई घण्टा छलफल हुँदा पनि सहमति हुन सकेको छैन ।
शनिबार दिउँसो २:३० बजेदेखि सुरु भएको वार्ता निष्कर्षमा नपुगेपछि गृहमन्त्री गुरुङ बाहिरिएका छन् ।
जिल्ला प्रशासनको परिसर भित्र अधिकृत संगम सभाहलमा गृहमन्त्री गुरुङ र हिन्दु संघसंस्थाका सदस्यहरु सँग वार्ता चलिरहेको छ । अढाइ घण्टाको छलफलमा टुंगो नलागेपछि गृहमन्त्री खाजा खान बाहिर निस्किएका हुन् ।
एक घण्टापछि पुनः वार्तामा बस्ने रास्वपाका सांसद मनिष झाले जानकारी दिए । उनका अनुसार सहमति नभएसम्म गृहमन्त्री बस्नेछन् ।
गृहमन्त्री गुरुङ समक्ष आन्दोलनरत पक्ष १२ बुँदे माग राखेको छ । उनीहरूले प्रस्तुत गरेको माग प्रति गृहमन्त्री गुरुङ सकारात्मक रहेको वार्तामा सहभागी निर्मल चौधरीले जानकारी दिए ।
गृहमन्त्री गुरुङको उदृत गर्दै उनले भने,' कतिपय मागका लागि संविधान संशोधन गरिनुपर्छ, त्यसका लागि राजनीतिक दलहरूसँग वार्ता गरिनुपर्छ । तर सरकारले तत्काल पूरा गर्न सक्ने माग प्रति सकारात्मक रहेको छ ।'
प्रकाशित: १६ श्रावण २०८३ १८:०१ शनिबार





