८ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

सुधन गुरुङको पहलमा नेपाल वायुसेवा निगमको भ्रष्टाचार छानबिन हुने

गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका सुधन गुरुङले नेपाल वायुसेवा निगममा देखिएको भ्रष्टाचारबारे छानबिनको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र सगैं अब सरकारले औपचारिक रूपमा छानबिन प्रक्रिया सुरु गरेको छ। 

गुरुङले  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुगेर निगमभित्र जरो गाडेको बेथिति तथा जहाज खरिददेखि मर्मतसम्म भएका अनियमितताका विषयमा प्रमाणसहित ज्ञापनपत्र बुझाएका थिए। उक्त विषयलाई गम्भीर रूपमा लिँदै मन्त्रालयले तुरुन्तै उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ।

वर्षौंदेखि थन्किएका काला फाइलहरू आधिकारिक रूपमा खोलिने र प्रतिवेदनको आधारमा भ्रष्टाचारमा संलग्न जोसुकै भए पनि कारबाही प्रक्रिया अगाडि बढाइने गुरुङको भनाई छ।

सरकारले पनि प्रतिवेदनका आधारमा दोषीलाई कडा कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ। साथै  समितिले ३० दिनभित्र प्रमाण संकलन, विस्तृत अध्ययन गरी प्रतिवेदन पेश गर्नुपर्नेछ। 

प्रकाशित: ७ चैत्र २०८२ १३:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App