२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

सरकारको नियतमाथि प्रश्न छैन, तर काम गर्ने शैली सुधार्नुपर्छ : सांसद मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य मनिष झाले वर्तमान सरकारको नियत र इमानदारीप्रति आफूलाई कुनै शंका नभए पनि काम गर्ने शैलीमा सुधार आवश्यक रहेको बताएका छन्। 

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै झाले सरकारसँग काम गर्ने इच्छा र इमानदारी भए पनि राज्य सञ्चालनको ढंग प्रभावकारी बनाउनुपर्ने बताएका हुन् । सरकारले आफूलाई सबै कुरा थाहा छ भन्दै जाँदा निरन्तर सिक्ने प्रकृयाको विकास नहुने बताए। 

उनले विश्वका सफल नेतृत्व र व्यवस्थापनको उदाहरण दिँदै भने, ‘ जुन दिन मानिसले आफूलाई सबै कुरा थाहा भएको ठान्छ, त्यो दिन उसले सिक्ने क्षमता गुमाउँछ।’ 

उनले समाज, राजनीति, लोकतन्त्र र विकासबीचको अन्तरसम्बन्ध स्पष्ट पार्दै शिक्षित समाजबिना स्वस्थ राजनीति सम्भव नहुने भन्दै राजनीति कमजोर भए लोकतन्त्र कमजोर हुने र लोकतन्त्र कमजोर हुँदा सामाजिक सन्तुलन र सामाजिक न्यायमा असर पर्ने बताए।

प्रकाशित: २२ श्रावण २०८३ १७:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App