८ मंसिर २०८३ मंगलबार
image/svg+xml
समाज

ताप्लेजुङको ओलाङचुङगोलानजिक ५.६ म्याग्निच्युडको भूकम्प

ताप्लेजुङको ओलाङचुङगोला र तिब्बत सीमा क्षेत्रनजिक ५.६ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (एनईएमआरसी), खानी तथा भूगर्भ विभागका अनुसार मंगलबार बिहान ७ बजेर १७ मिनेटमा भूकम्प गएको हो। यसको धक्का काठमाडौंसहित नेपालका विभिन्न भागका साथै भारत, बंगलादेश, भुटान र चीनमा पनि महसुस गरिएको थियो।

केन्द्रले भूकम्पको स्थानीय म्याग्निच्युड ५.६ मापन गरेको जनाएको छ। भूकम्पबाट भएको क्षति तथा अन्य विवरणबारे भने थप जानकारी आइसकेको छैन।

प्रकाशित: ८ मंसिर २०८३ ०८:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App