९ आश्विन २०८३ शुक्रबार
image/svg+xml
समाज

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित हवाई उद्धार कार्यक्रममार्फत जटिल प्रसूति समस्या भएकी एक महिलाको उद्धार गरिएको छ।

मन्त्रालयका अनुसार आश्विन ८ गते रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ निवासी ३३ वर्षीया महिलालाई जटिल प्रसूति सम्बन्धी समस्या देखिएपछि थप उपचारका लागि हवाई माध्यमबाट सुर्खेत पुर्‍याइएको हो।

स्थानीय स्वास्थ्य संस्थामा आवश्यक उपचार सम्भव नभएपछि विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले महिलाको तत्काल उद्धार गरिएको मन्त्रालयले जनाएको छ।

दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रमा प्रसूति सेवा लिन कठिनाइ हुने अवस्थाका गर्भवती तथा सुत्केरी महिलालाई समयमै सुरक्षित रूपमा उपचारको पहुँचमा पुर्‍याउने उद्देश्यले मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।

कार्यक्रमअन्तर्गत जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य अवस्था र आवश्यकताका आधारमा हवाई माध्यमबाट उद्धार गरी सुविधासम्पन्न स्वास्थ्य संस्थामा उपचारका लागि पुर्‍याउने गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ९ आश्विन २०८३ १३:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App