१२ भाद्र २०८३ शुक्रबार
image/svg+xml
समाज

भोटेकोशी बाढीः सुनसरीका १५ र इलामका ८ जना सम्पर्कविहीन

रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका सिलसिलामा रहेका सुनसरीका १५ जना भोटेकोशी बाढीपछि सम्पर्कविहीन छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार रामधुनी नगरपालिकाका चार जना परिवारको सम्पर्कमा आएका छन्। रामधुनी नगरपालिका-५ का नवराज ढकाल, सोही पालिकाका देवानगञ्ज गाउँपालिका-७ का देवनन्दन यादव, रामधुनी नगरपालिका-८ का जीवन सिंह र रामधुनी नगरपालिका-५ का सञ्जित नारायण रहेका छन्।

दुहबी नगरपालिका-४ का सचिन गौतम, धरानका मुकेश नेपाल, रामधुनी नगरपालिका-३ का धिरज साह, भोक्राहा नरसिंह गाउँपालिका-३ का श्यामनारायण साह, कोशी गाउँपालिका-९ की मीना बजगार्इ, बराहक्षेत्र नगरपालिका-११ मधुवनका छवि केशर काफ्ले, सोही स्थानका मणि करण राई, इटहरी उपमहानगरपालिका-१९ का प्रभाकर दङ्गाल (नेपाली सेना, लेस नायक), इनरुवा नगरपालिका-५ का पुष्पराज भट्टराई, रामधुनी नगरपालिका-३ का दिनेशकुमार चौधरी, बराहक्षेत्र नगरपालिका-७ का भुवनबहादुर श्रेष्ठ, सोही वडाकी रविनाकुमारी धामी, इटहरी उपमहानगरपालिका-२० का अमरबहादुर खड्का, सोही वडाकी मनमाया खड्का र बराहक्षेत्र नगरपालिका-४ का मोहन माझीसँग भने अझैसम्म सम्पर्क कायम नभएको खड्काले बताए।  

यस्तै, भोटेकोशी बाढीमा परि इलामका आठ जना पनि सम्पर्कविहीन रहेका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए।

प्रजिअ ढकालका अनुसार बिहीबारसम्म प्राप्त विवरणअनुसार इलामको देउमाई नगरपालिकाका बुद्धिसागर न्यौपाने र खिनमाया न्यौपाने, माई नगरपालिकाका नरेन्द्रप्रसाद दाहाल, सन्दकपुर गाउँपालिकाका दिवानन्द सुवेदी (दीपक) सम्पर्कविहीन भएका हुन् । उनीहरूमध्ये न्यौपाने दम्पती र दाहाल गोसाइँकुण्ड तीर्थयात्रामा थिए भने सुवेदी उनीहरूका सवारी चालक हुन्। त्यस्तै, माईनगरका विनोद राई, फाकफोकथुम गाउँपालिका–६ का लिलाबहादुर थापा (लोक), फाकफोकथुम गाउँपालिका–६ का विनु थेगिम रहेका छन् । उनीहरू तीनै जना रसुवाको मैलुङ गगनी भन्ने स्थानमा निर्माणाधीन जलविद्युत् आयोजनामा कार्यरत कामदार रहेको प्रजिअ ढकालले बताए।

त्यसैगरी, बैतडीको सिगास गाउँपालिका-७ घर भई हाल सबडिभिजन वन कार्यालय माई नगरपालिकामा कार्यरत वनरक्षक लक्ष्मणसिंह ऐर पनि सम्पर्कविहीन भएका छन्।

 

प्रकाशित: १२ भाद्र २०८३ ०७:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App