९ आश्विन २०८३ शुक्रबार
image/svg+xml
समाज

तिनाउ नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह

पाल्पाको तिनाउ नदीको बुटवल जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ।

शुक्रबार बिहान ११:३० बजे बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै नदीमा बाढी बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले पर्सी बिहानसम्म उच्च सतर्कता अपनाइराख्न अनुरोध गरेको छ।

प्रकाशित: ९ आश्विन २०८३ १२:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App