चाँगुनारायण नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख ३५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
स्थानीय विपद् व्यवस्थापन समितिको निर्णय अनुसार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनः स्थापनामा सहयोग पुर्याउन उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो।
नगरप्रमुख जीवन खत्रीले स्थानीय विपद् व्यवस्थापन कोषबाट १० लाख, जनप्रतिनिधिबाट एक महिनाको तलब तथा सेवा सुविधाबापतको सात लाख रुपैयाँ जम्मा गर्ने निर्णय भएको बताए।
यस्तै कर्मचारीबाट तहअनुसार दुईदेखि सात दिनसम्मको तलब सुविधा गरी २० लाख ३५ हजार र चाँगुनारायण नगरपालिकाका शिक्षकबाट १३ लाख रुपैयाँ बराबरको सहयोग रकम उपलब्ध गराइनेछ।
प्रकाशित: १२ भाद्र २०८३ ०७:१८ शुक्रबार




-600x400.jpg)
