७ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

आज देशभर बादल लाग्ने, वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ। हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू–भागमा अधिकांश बादल लागेको छ।

बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपात रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/असिना/हावाहुरीसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ।  

राति देशभर साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ। कोशी प्रदेश लगायत बाँकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

प्रकाशित: ७ चैत्र २०८२ ०६:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App