२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

स्थानीय तह र समुदायको साझेदारीमा पोखरेबगरमा प्रतीक्षालय निर्माण

अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा स्थानीय तह र समुदायको साझेदारीमा प्रतीक्षालय निर्माण भएको छ।

अन्नपूर्ण गाउँपालिकाको रु तीन लाख र शिख्तानी समाजले प्रदान गरेको रु तीन लाख ८५ हजार ५५० मा प्रतीक्षालय बनाइएको हो। प्रतीक्षालयमा खानेपानीको व्यवस्थाका साथै शौचालय पनि निर्माण गरिएको अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए।

कालीगण्डकी घाटमा दाहसंस्कार गर्न आउने शिख र घारका मलामी तथा बेनी–जोमसोम सडकका यात्री प्रतीक्षालयबाट प्रत्यक्ष रूपमा लाभान्वित हुने छन् । 

प्रकाशित: २३ श्रावण २०८३ १०:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App