९ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

अर्थविद् केशव आचार्यको निधन

नेपालका प्रख्यात अर्थविद् केशव आचार्यको निधन भएको छ। केही दिनयता अस्वस्थ रहेका उनको काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको थियो। स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका आचार्यको सोमबार निधन भएको हो। आचार्यलाई मस्तिष्कघात भएसँगै न्यूरो हस्पिटलमा भर्ना गरिएको थियो । 

गत मंगलबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि ७२ वर्षीय आचार्यलाई थापाथलीस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरिएको थियो।  

नेपालको आर्थिक नीति निर्माण र विश्लेषणमा सक्रिय भूमिका खेलेका आचार्यले सधैं समालोचनात्मक धारणा प्रस्तुत गर्ने गरेका थिए। नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकसमेत रहेका उनी अवकाशपछि पनि अर्थतन्त्रसम्बन्धी अध्ययन, अनुसन्धान र विश्लेषणमा निरन्तर सक्रिय थिए।

आचार्य २०३४ सालमा राष्ट्र बैंकमा प्रवेश गरेका थिए। नेपाल राष्ट्र बैंकमा तीन दशकभन्दा बढी समय काम गरेका आचार्यले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)मा समेत केही महिना काम गरेका थिए। 

पारिवारिक स्रोतका अनुसार आचार्यकी छोरी हाल अमेरिकामा रहेकी छन्। छोरी नेपाल आएपछि मात्र अन्त्येष्टि गर्ने तयारी परिवारको छ। 

उनका श्रीमती, एक छोरा र एक छोरी रहेका छन्।

प्रकाशित: ९ चैत्र २०८२ १४:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App