९ आश्विन २०८३ शुक्रबार
image/svg+xml
समाज

कर्णाली राजमार्ग तीन दिन बन्द हुने

कर्णाली राजमार्ग तिन दिनका लागि बन्द हुने भएको छ। मिति २०८३ असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म (३ दिन) हावाहुरीसहित भारी वर्षाको सम्भावनाको कारण बन्द गरिएको हो। 

कालीकोट जिल्लामा अविरल रुपमा परिरहेको पानीका कारण सडक र राजमार्गहरूमा बाढी तथा पहिरोको सम्भावित उच्च जोखिमलाई मध्यनजर गर्दै सोबाट मानवीय तथा भौतिक क्षति हुन नदिन कालीकोट जिल्ला अन्तर्गत कर्णाली करिडोर र कालीकोट जुम्ला सडक खण्डमा मिति ९ गतेबाट अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक सेवाका साधनहरु बाहेकका अन्य सबै प्रकारका सवारी साधनहरुको आवागमन पूर्ण रुपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी  झबिलाल भट्टराई बताए। 

उनले बुलेटिन जारी गर्दै अत्यावश्यक बाहेकका सवारी साधनहरु सञ्चालन नगर्नु र नगराउनु हुन सबैको जानकारीका गरिएको बताए।  

प्रकाशित: ९ आश्विन २०८३ १३:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App