१२ भाद्र २०८३ शुक्रबार
image/svg+xml
समाज

रसुवा बाढी : उद्धारको लागि थप १२ सय सैनिक परिचालन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि बेपत्ता नागरिकको खोजी तथा शव व्यवस्थापनको लागि नेपाली सेनाले खोज तथा उद्धारको कार्य तीव्र बनाएको छ। 

शव संकलन तथा बेपत्ताको खोजीमा ढिलाइ भएको भन्दै गुनासो आएको भन्दै सेनाले विशेष टोली परिचालन गरी नदी तथा तटीय क्षेत्रमा धमाधम खोजी र शव संकलन गरिरहेको जनाएको छ। 

बाढीले तल्लो तटीय क्षेत्रसम्म बगाएर ल्याएका शवको खोजी तथा संकलनका लागि रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा आज थप १ हजार २ सय सैनिक परिचालन गरिएको छ। 

सेनाले बाढी प्रभावित क्षेत्रको साथै त्रिशूली र नारायणी नदी किनारका स्थानमा टोलीगत रूपमा सैनिक खटाएर शव खोजी तथा संकलनलाई उच्च प्राथमिकता दिएको छ। 

साथै प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा अस्थायी व्यवस्थापनका लागि नेपाली सेनाका १ हजार ६ सय जनशक्ति परिचालन गरिएको थियो। आज थप १ हजार २ सय सैनिक परिचालन भएसँगै भोटेकोशी बाढी प्रभावित क्षेत्र तथा तल्लो तटीय इलाकामा उद्धार, राहत र शव संकलनका लागि परिचालित नेपाली सेनाको कुल जनशक्ति २ हजार ८ सय पुगेको छ।  

प्रकाशित: १२ भाद्र २०८३ १३:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App