१८ श्रावण २०८३ सोमबार
image/svg+xml
समाज

अग्निपीडितलाई राहत वितरण

<br>

लायन्स क्लब अफ बिर्तामोड सिटीले बिर्तामोड–५ डाँडागाउँमा आगलागीबाट प्रभावित तीन परिवारलाई राहत सामग्री वितरण गरेको छ।

गत बिहीबार विद्युत् सर्ट भई आगो लाग्दा कृष्णकुमारी ढकाल, बिजुलीसरी राजवंशी र तारा राजवंशीको घर जलेर नष्ट भएको थियो। आगलागीबाट करिब रु ६० लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ। पीडितपरिवारको दैनिक जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले लायन्स क्लबले आइतबार खाद्यान्न, लत्ताकपडा, झुल तथा विद्यालय जाने बालबालिकाका लागि विद्यालय ब्याग र पोशाक वितरण गरेको हो।

क्लबका अध्यक्ष सञ्जय चौधरीका अनुसार राहत सामग्रीमा चामल, दाल, नुन, चिउरा, चना, आलु, प्याज, न्युटेला, मुराईलगायत दैनिक उपभोगका खाद्यान्न समावेश छन्। यसअघि शनिबार बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले पनि आफ्ना शेयर सदस्यसमेत रहेका ती तीन अग्निपीडित परिवारलाई राहत उपलब्ध गराएको थियो। 

संस्थाले चामल, दाल, तेल, ब्ल्याङ्केट, म्याट्रेस, त्रिपाल, झुल, भाँडाकुँडा, राइस कुकर तथा प्राथमिक उपचार सामग्री हस्तान्तरण गरेको थियो। 

प्रकाशित: १८ श्रावण २०८३ ०६:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App