अविरल वर्षाका कारण हुनसक्ने जोखिमलाई ध्यानमा दिँदै कर्णाली प्रदेशभर सवारीसाधन आवतजावत रोकिएको छ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट शुक्रबार बिहानैदेखि सवारीसाधन अन्य पहाडी, हिमाली जिल्ला जान र आउन रोकिएको हो।
जिल्ला प्रशासन कार्यालयहरूले सवारी साधन आवागमनमा रोक लगाउने निर्णय गरेसँगै प्रहरीहरूले दैलेख, कालिकोट लगायत जिल्लाबाट वीरेन्द्रनगर आउन जिल्लामै गाडीहरू होल्ड गरेका छन्।
बर्सातसँगै कर्णाली प्रदेशभर अन्तर जिल्ला गाडी आवतजावतमा रोक लगाइएको जनाइएको छ। वर्षाका कारण हुनसक्ने जोखिमले कर्णाली प्रदेशभर लामो दुरीका सबै सवारीसाधन पूर्ण रूपमा रोकिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) सन्तोषसिंह राठौरले बताए।
‘अन्तर जिल्ला सवारी साधन चल्न पूर्ण रूपमा रोकिएको छ।’ प्रवक्ता राठौरले भने, ‘अति आवश्यक अनुसार जिल्लाभित्र फाटफुट सवारी साधन चल्न अनुमति दिइएको छ ।’
प्रकाशित: ९ आश्विन २०८३ १७:४२ शुक्रबार





-600x400.jpg)