जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष बक्सिङतर्फ ५५ किलो तौल समूहमा नेपाली खेलाडी चन्द्रबहादुर थापा पराजित भएका छन्। उनी भारतीय खेलाडीसँग पराजित भएका हुन्।
जापानको नागोयास्थित निशिओ जिम्नेसियममा आज भएको खेलमा नेपाली बक्सर थापा पहिलो चरणमै पराजित भए।
उनी भारतीय खेलाडी जादुमनी सिंह मन्डेङगबामसँग ५–० अङ्कले पराजित भएका हुन्। योसँगै जारी एसियाली खेलकुदमा उनको यात्रा टुङ्गिएको छ।
बक्सर थापाले गत वर्ष संयुक्त अरब इमिरेट्स (युएई) मा सम्पन्न आइबा विश्व बक्सिङ च्याम्पियनसिपमा नेपाललाई कास्य पदक दिलाएका थिए।
यसैगरी सोही स्थानमा आजै भएको महिला बक्सिङतर्फ ५१ किलो तौल समूहमा नेपालकी रमिशा श्रेष्ठ पराजित भइन्। उनी भियतनामकी खेलाडी एनगुयीन थी टमसँग ५–० अङ्कले नै पराजित भइन्।
अब बक्सिङमा नेपालका रविन नेपाल (९० किलो), खगेन्द्र रोकामगर (६० किलो), चन्द्रबहादुर थापा (५५ किलो), अस्मिता दुवाल (५४ किलो र कुसुम तामाङ (६५ किलो)ले प्रतिस्पर्धा गर्न बाँकी छ।
प्रकाशित: ६ आश्विन २०८३ १८:२० मंगलबार



-600x400.jpg)

