८ मंसिर २०८३ मंगलबार
image/svg+xml
खेल

पाकिस्तान ‘ए’ विरुद्ध ३१ रनमै नेपालको आधा टोली आउट

एसिया कप राइजिङ स्टार्स क्रिकेट अन्तर्गत पाकिस्तान ‘ए’ ले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको नेपालको आधा टोली ३१ रनमै पेभेलियन फर्किएको छ।

दसौं ओभरमै ५ प्रमुख विकेट गुमाएपछि नेपाल संकटमा परेको हो। दसौं ओभरको अन्तिम बलमा बशीर अहमद आउट भएसँगै नेपालले पाँचौं विकेट गुमायो।

१९ बलमा २ चौकासहित ११ रन बनाएका अहमदलाई पाकिस्तान ‘ए’ का बलर मोहम्मद हसनैनले माज सदाकतको हातबाट क्याच आउट गराए। हसनैनको यो तेस्रो विकेट हो। उनले ५ ओभरमा मात्र ९ रन खर्चेर ३ विकेट लिएका छन्।

यसअघि नेपालको शीर्ष क्रम सस्तैमा समेटिएको थियो। तेस्रो ओभरमै मोहम्मद इमरानले ओपनर कुशल भुर्तेललाई १ रन र देव खनाललाई ८ रनमा पेभेलियन फर्काए।

लगत्तै छैटौं ओभरमा मोहम्मद हसनैनले इशान पाण्डे र लोकेश बमलाई शून्यमै आउट गरेपछि नेपाल १५-४ को नाजुक अवस्थामा पुगेको थियो।

ताजा अवस्थामा नेपालले १०.२ ओभरमा ५ विकेट गुमाएर ३१ रन बनाएको छ।

क्रिजमा ओपनर मायन यादव २५ बलमा १ चौकासहित ८ रन बनाएर टिकिरहेका छन् भने उनलाई साथ दिन पवन सर्राफ क्रिजमा आएका छन्।

पाकिस्तान ‘ए’ का लागि मोहम्मद इमरानले ५.२ ओभरमा १ मेडनसहित २२ रन खर्चेर २ विकेट लिएका छन्।

यसअघि कतारको दोहामा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तान ‘ए’ १६८ रनमा अलआउट भएको थियो।

प्रकाशित: ८ मंसिर २०८३ २०:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App