९ आश्विन २०८३ शुक्रबार
image/svg+xml
खेल

टी–२० वरियतामा नेपालको सुधार

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० वरियतामा सुधार गरेको छ।

शुक्रबार २०औँ एसियाली खेलकुदअन्तर्गत टेष्ट टोली अफगानिस्तानविरुद्ध पाँच विकेटको जित निकाल्दै आइसिसीले ताजा वरियता सार्वजनिक गर्दा नेपालले दुई स्थान सुधार गरेको हो।

नेपाल अब टी–२० अन्तर्राष्ट्रिय वरियताको चौधौ स्थानमा उक्लिएको छ। यसअघि नेपाल वरियताको सोह्रौँ स्थानमा थियो। नेपालविरुद्धको हारले अफगानिस्तान नवौँबाट दशौँ स्थानमा झरेको हो।

शुक्रबारको खेलमा नेपालले अफगानिस्तानविरुद्ध ब्याटिङ र बलिङ दुवै विधामा उत्कृष्ट प्रदर्शन गर्‍यो।

यो जितपछि नेपालको क्वार्टरफाइनल सम्भावना बलियो बनेको छ।

नेपालले अब समूह चरणको अन्तिम खेलमा शनिबार आयोजक जापानविरुद्ध खेल्ने तालिका छ।

प्रकाशित: ९ आश्विन २०८३ १६:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App